• १० असार २०८१, आइतबार
  • Sun, 23 Jun 2024
गोरखापत्र
blog

यौन दुर्व्यवहारका अभियुक्त प्रधानलाई निर्वाचन आयोगमा नियुक्तिको सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले यौन दुर्व्यवहारका अभियुक्त कृष्णमान प्रधानलाई निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिस गरेको छ।

blog

श्रम ऐनअनुसार तलब माग गर्दै पेट्रोलियम मजदुर आन्दोलनमा, पेट्रोल वितरण ठप्प

काठमाडौँ । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।

blog

नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव निष्काशित

काठमाडौं । प्रतिनिधिसभा सदस्य महिन्द्र राय यादव नेपाल समाजवादी पार्टीबाट निष्काशित भएका छन् । पार्टीले यादव लगायतहरुलाई पदबाट हटाएको सूचना निर्वाचन आयोगमा अद्यावधिक भएको हो ।

blog

नेपाल-चीन शैक्षिक प्रदर्शनी आयोजना हुँदै

काठमाडौँ । नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले नेपालमा एक दिने शैक्षिक प्रदर्शनी आयोजना गर्ने भएको छ । प्रदर्शनीको असार ४ गते मंगलबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा बौद्धस्थित होटल हायातमा प्रदर्शनीको आयोजना हुनेछ । यसमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।यस शैक्षिक प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने सामान्य तथा विश्व प्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजहरूले भाग लिने छन् । ती प्रत्येक स्टलहरूमा नेपाली विद्यार्थी र तिनका अभिभावकहरूलाई विस्तृत रूपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्व विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति लगायतका विभिन्न विषयहरूमा विज्ञहरूले जानकारी दिनेछन् ।पछिल्लो जानकारीअनुसार चीनमा १६० वटा देशका ५ लाख विद्यार्थीहरू विभिन्न विषयमा अध्ययनरत छन् । प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २०० वटा भन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको छ ।पछिल्ला दिनमा सरकारी छात्रवृत्ति विद्यार्थी बाहेक सेल्फ फाइनान्सका विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

blog

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४७ करोडको कारोबार

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १७.०४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ०.८० प्रतिशतले घट्दै २ हजार ९५.२५ विन्दुमा झरेको हो ।

blog

डिजिटल सुधारका लागि मनकामना केबुलकार ५० दिन बन्द हुने

काठमाडौँ । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

blog

सामाजिक अभियन्ता सापकोटा लण्डनमा सम्मानित

लन्डन ।  सफल व्यवसायी दयानिधि सापकोटालाई लण्डनमा सन्चालित अनलाइन मिडिया साउथ एसिया टाइमले शनिबार एक कार्यक्रमबीच उनको सामाजिक योगदानको कदर गर्दै सम्मान गरेको छ। बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र अन्तर्राष्ट्रिय कानुनविद् प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले सापकोटालाई सम्मान गरे ।  सापकोटा सन् २००६ बाट नै गैर आवासीय नेपाली संघ बेलायतमा सक्रिय भूमिकामा थिए । उनले नेपालमा आपतविपत र प्राकृतिक विपत्ति हुँदा होस् वा शैक्षिक तथा स्वास्थ्य क्षेत्र, निरन्तर आर्थिक सहयोग गर्दै आएका छन् । बाग्लुङ काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिएका दयानिधि स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगे । करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ अक्टोबर १ मा बेलायत आएका हुन् ।  बेलायतको लेस्टरमा दुई इटालियन रेष्टुरेन्टका सन्चालक सापकोटा इटालियन खानाको कुशल सेफ पनि हुन् ।

blog

एमालेको २ दिने महिला भेला सम्पन्न

काठमाडौँ । २१ बुँदे प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को दुई दिने राष्ट्रिय महिला भेला सम्पन्न भएको छ । भेलाले ‘म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्छु’ भन्ने नीतिको प्रभावकारी कार्यान्वयनमा अगुवाइको लागि पार्टी नेतृत्वसँग माग गरेको छ ।

blog

काभ्रेका थर्कमान लामा ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ

काठमाडौं । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् ।

blog

अत्याधिक गर्मीका कारण वीरेन्द्रनगरका विद्यालय एक हप्ता बन्द

सुर्खेत । अत्यधिक गर्मी भएपछि वीरेन्द्रनगर भित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् ।

blog

रुसी राष्ट्रपति पुटिनको घरमा रहस्यमय आगलागी

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको घरमा रहस्यमय रूपमा आगलागी भएको छ । साइबेरियाको अल्टाइ माउन्टेनमा रहेको उनको सो घरमा कसरी आगो लाग्यो भन्ने प्रस्ट भइसकेको छैन ।

blog

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ

काठमाडौं । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

blog

राष्ट्रपति पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने

राष्ट्रपति पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने

blog

सन्दीप लामिछानेलाई दोस्रो पटक पनि अमेरिकाले दिएन भिसा

काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

blog

वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित

काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ ।

गोरखापत्र