सहकारी वकिलको बहस सकियो आजै आउने सम्भावना देखिएको छ
सहकारी वकिलको बहस सकियो आजै आउने सम्भावना देखिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने समेत मुछिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।आजै न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ ।बुधबार लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो ।उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीतर्फबाट जवाफी बहस सकिएसँगै आजै आदेश आउनसक्ने सम्भावना रहेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए ।२ दिनअघि अदालत गेटबाहिर अनपेक्षित गतिविधि भएपछि प्रशासनले झनै सुरक्षा कडा पारेको हो । बुधबार पनि रास्वपाका कार्यकर्ता अदालत क्षेत्र प्रवेश गर्न खोजेका थिए तर प्रहरीले रोकेको थियो ।
अनेरास्ववियुले स्ववियु निर्वाचन तयारी कार्यशाला गर्ने
अनेरास्ववियुले स्ववियु निर्वाचन तयारी कार्यशाला गर्ने भएको छ। मिति २०८१ पुष २५ र २६ २ दिन गर्ने यो कार्यशाला पार्टी केन्द्रीय कार्यालय तुलसीलाल प्रतिष्ठान च्यासलमा गर्ने भएको हो। बिहान ११ बजेदेखि हुने सो कार्यशालाको उद्घाटन सम्मानीय प्रधानमन्त्री एवम नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलिले गर्ने छन,सो कार्यशाला २ दिन सम्म चल्ने छ।।
आजै बैठक सक्ने माओवादी केन्द्रको तयारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ । आजै बैठक सक्ने तयारी स्वरूप यसअघि बोल्न नाम टिपाएका नेताहरूलाई नाम फिर्ता लिन प्रचण्डले मंगलबारको बैठकमा आग्रह गरेका थिए । त्यसपछि ३८ जनालाई बोल्न दिएर अन्यले नाम फिर्ता लिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।अब बैठकको निर्णयका लागि पदाधिकारी बैठक बस्ने र त्यसपछि उठेका प्रश्नहरूको जवाफसहित विभिन्न निर्णय गरेर बैठक समापन गर्ने माओवादीको तयारी छ । माओवादीको बैठक आइतबारदेखि राजधानीमा सुरु भएको हो ।
प्रचण्डले केराको पातमा भात खाए
विराटनगर – प्रचण्ड झापा पुगेका छन् । झापाको गौरिगञ्जमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केराको पातमा भात खाएका छन् । गौरिगञ्ज–१ का माओवादी कार्यकर्तासमेत रहेका तिलक राजवंशीको घरमा प्रचण्डसहितका नेताहरूले कोच संस्कृति अनुसार भात खाएका हु्न् ।
रविमाथि २७ करोड ८९ लाख सम्पत्ति शुद्धीकरणको आरोप
काठमाडौ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ ।जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी भएपनि निकिताको हकमा लागेको आरोपबारे केही बताइनन् ।निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो । सहायक न्यायाधीवक्ता शर्माका अनुसार, आइतबार ३१ जनालाई प्रतिवादी बनाइएकोमा ८ वटा कम्पनीहरु हुन् भने ५ जनाविरुद्ध जफत प्रयोजनका लागि मात्रै मुद्दा चलेको हो । यो प्रकरणमा कुल ६३ जना विरुद्ध मुद्दा दायर भएको उनले बताइन् ।सम्पत्ति शुद्धीकरणमा रवि पत्नी निकिता पौडेल, छविलाल जोशीकी श्रीमती पद्मा, छोरा रोचक जोशी, लिला पछाईंको आमा राधा पछाइँ, दिदी गीता पछाईंको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ ।
मुद्दा दायर भएपछि रविको सांसद पद के हुन्छ
काठमाडौ। रास्वपाका सभापति रहेका रवि लामिछानेविरुद्ध दुई महिनादेखि थुनामा रहेका छन । आइतबार जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर भएपछि उनको सांसद पद के हुन्छ भनी कतिपयले जिज्ञासा समेत राखेका छन् ।अभियोग लागेका कारण मात्रै भने उनको पद अप्ठेरोमा पर्दैन तर संविधानको धारा ८७ मा योग्यता पुगेको कुनै पनि सांसद संघीय कानून अनुसार अयोग्य नभएसम्म पदमा बहाल हुने व्यवस्था छ । रवि लामिछाने विरुद्ध मुद्दा दायर भएकोल।मो समय भइसक्यो तर अहिलेसम्म उनको मुद्दाको फैसला आउन कम्तिमा पनि एकाध वर्ष लाग्ने जस्तो देखिन्छ ।‘महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले दिनुभएको यो अबिबेक्ति सुनम मुद्दा दायर भएकै कारण कसैलाई दोषी किटान गर्न मिल्दैन, अदालतबाट दोषी ठहर नभएसम्म उहाँको पद तलमाथि हुँदैन अदालतबाट अन्तिम फैसला आइसकेपछि मात्रै फैसलाका आधारमा पदको टुंगो हुने हो, अहिले त मुद्दा दायर भएकोमात्रै हो, पदमा केही असर पर्दैन । यो भनाइबाट पुष्टि भइसक्यो कि अन्तिम फैसला नआइनजेलसम्म रबि को पद काहिजादैन ।
दुर्गा प्रसाईं पक्राउ
काठमाडौ। दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे ।सीआईबी प्रमुख दीपक थापाका अनुुसार पक्राउ गरेर व्युरोतर्फ लगेपस्चात थप अनुसन्धान गर्ने सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं उनले अनलाइनखबरसँग भने ।उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।
अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री लिफेङबिच बेइजिङमा भेटर्वार्ता
काठमाडौ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवम् सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताउनुभएको छ । उहाँले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।यसैगरी, चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा विस्तारका लागि सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।पौडेलले केरुङ–काठमाडौँ रेल निर्माण, टोखा–छहरे सुरुङ मार्ग, किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गर्नुभएको छ ।भ्रमण टोलीमा रहनु भएका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालको तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको जानकारी दिनुभयो ।करिव एक घण्टा भएको भेटर्वार्तामा नेपालका तर्फबाट अर्थमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यबहाक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।चीन सरकारको तर्फबाट उपप्रधानमन्त्री हि लिफेङ, यातायात मन्त्री लि स्याओफङ, बेइजिङ महानगरका मु फङ, नेशनल रेलवे एडमिनिस्ट्रेसनका प्रमुख फे दोङ विङ, नागरिक उडड्यन प्रमुख सोङ च्योङ लगायतका अधिकारी सहभागी हुनुहुन्थ्यो ।
नेशन फस्टले थाल्यो आन्दोलनको तयारी, प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख बनाउने अभियान
काठमाडौं । राष्ट्रियता, उन्नत लोकतन्त्र, मानवतावाद को मुल नारा बोकेर सुरु भएको नेशन फस्ट अभियानले आज काठमाडौंमा राष्ट्रिय प्रशिक्षण भेला सम्पन्न गरेको छ, भेलाले भ्रष्टचारमुक्त समाज निर्माण गर्ने र नागरिकलाई सक्षम मार्गमा डो¥याउन, देशमा शासकिय स्वरुप समेत परिवर्तन गर्नुपर्ने कुरा उल्लेख गरेको छ । कार्यक्रममा बोल्दै, अभियानका संयोजक नन्द काप्रीले अब जनता द्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, केन्द्रमा ९ सदस्यीय मन्त्री मण्डल, प्रदेशमा मुख्य मन्त्री नरहने, न्यायधीस प्रतिस्पर्धाबाट आउनुपर्ने, प्रत्यक्ष निर्वाचित निर्वाचन, हरेक जिल्लाबाट १ महिला र १ पुरुष सांसद हुने १६ वर्ष देखिका युवालाई उत्पादन सेना बनाउने, राष्ट्रघात गर्नेलाई मृत्युदण्ड दिने, ४७ साल पछिका उच्च पदस्थ र कर्मचारीको सम्पती छानबिन गर्ने, शिक्षा, स्वास्थ्य, बित्तिय कारोबार, भौतिक निर्माण, सबै सरकार मातहतमा राख्ने, नेता र पूर्व कर्मचारीले लिएको सेवा, सुविधा कटाउने, मजदुरको तलब ३० हजार तोक्ने, बन्द उद्योग खोल्न नेशन फस्टमा सबै नेपाली जोडिन आग्रह समेत गरेका छन । भभियानले देशभर भ्रष्टचार विरुद्ध कार्यक्रम गर्ने र अभियानलाई तिब्र बनाउने घोषणा गरेको छ ।
सहकारीको बचत हिनामिनामा रवि लामिछाने दोषी ठहर
काठमाडौं । सहकारी ठगि प्रकरणमा रवि लामिछाने दोषी ठहर हुनुभएको छ । गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम ल्याएको विषयमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको हो ।गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी)राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समितिका एक सदस्यले जानकारी दिनुभयो् ।रवि लामिछाने प्रबन्ध निर्देशक रहेकै समयसम्म पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा भित्रिएको समितिले ठहर गरेको छ । समितले रविसँगै ९ जनालाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदनमा आज संसदमा पेश गर्दै छ ।समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले तीन महिना १५ दिन लामो अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाउन लाग्नुभएको हो ।एमाले सांसद सुर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम सुरु गरेको थियो । शुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो ।समितिले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगि भएका भनिएका सहकारीका वर्तमान र पुर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरुसँग गरि ६३ वटा बैठक गरेको थियो । समितिले नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको ठह¥याएको र उहाँमाथि अनुसन्धान गर्न समितिले सिफारिस गरेको छ ।समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र श्रीमती ज्योति गुरुङको संलग्नता रहेको भन्दै अनुसन्धान गर्नका लागि सिफारिस भएको हो ।समितिले छानबिन गरिरहेका बेला सहकारी मितेरी सहकारी संस्थाका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले सहकारीको स्थलगत अध्ययन गरेको थियो । उहाँमाथि पनि अनुसन्धान गर्न समितिले सरकारी निकायलाई पत्राचार गर्ने समितिमा सहमति भएको हो । समितिका सदस्यका अनुसार प्राप्त प्रमाणका आधारमा गुरुङमाथि अनुसन्धान गर्न समितिले सिफारिस गर्ने सहमति जुटेको छ ।समितिमा एमाले सांसद सूर्य थापा संयोजक रहेका थिए भने एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे दिलेन्द्र प्रसाद बडू, र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । कांग्रेसका बद्री पाण्डे मन्त्री बनेपछि बडुले समितिको सदस्यको रुपमा काम गरिरहेका छन् ।