पर्यटकीय गुठिचौरमा प्याराग्लाइडिङ महोत्सव
पर्यटकीय गुठिचौरमा प्याराग्लाइडिङ महोत्सव, एउटा उडानको निवासीलाई रु ३ हजार र वाहिरकालाई रु ४ हजार शुल्क निर्धारण गरिएको छकाठमाडौँ । जुम्लामा पर्यटकीय स्थल गुठिचौरमा स्काई फेष्टिवल अर्थात आकासे पर्व सुरु भएको छ । जुम्लाको गुठिचौर गाउँपालिकाले पोखराबाट प्राविधिक टिम झिकाएर चार दिने महोत्सव सुरु गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आचार्य र गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले महोत्सवको उद्घाटन गर्नुभएको छ । गुठिचौरको मैदानमा रिवन काटेपछि डाडाँबाट ग्लाईडिङ उडान भएको थियो । प्याराग्लाइडिङका लागि जिल्ला र जिल्ला बाहिर मानिसहरु अहिले गुठिचौर पुगेका ङसबैको ध्यान आकर्षण भएको र पर्यटकीय आधार तयार गरि आर्थिक उपार्जनका लागि महोत्सवको सुरुवात भएको जानकारी दिनुभयो । महोत्सवमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले प्रचुर पर्यटकीय सम्भवाना रहेको गुठिचौरमा स्थानीय सरकारले पर्यटन प्रर्वृद्धनका लागि गरेको क्रियाकलाप मध्य एक रहेको बताउनुभयो । पहिलो दिन १२ वटा उडान भएको प्रमुख प्रशासकीय अधिकृत धुर्वराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार आईतवार झण्डै ५० बढि उडान गर्ने योजना छ । गुठिचौरको चारैतिरबाट प्याराग्लाईडिङ उडान एकै पटक भइरहेका छन् । प्याराग्लाइडिङमा उड्नका लागि मानिसको भिड भएको गुठिचौर गाउँपालिकाले जनाएको छ ।प्रशासकीय अधिकृत धु्रर्वराज गिरीले ३१ गतेसम्म महोत्सव हुने भनिएता पनि टिकट धेरैले काटेपछि सवैलाई उडार मात्र महोत्सव समापन गरिने स्थानीय तहले जानकारी दिएको छ । गाउँपालिकाले २ महिना अघि परीक्षण जहाजका लागि वावु एडभाञ्चर प्रा।लीलाई जुम्ला ल्याएर परीक्षण गरि सफल गरिएको थियो । एउटा उडानको गुठिचौर गाउँपालिका निवासीलाई रु ३ हजार र वाहिरकालाई रु ४ हजार शुल्क निर्धारण गरिएको छ ।
नालामा बालक मृत फेला
नालामा बालक मृत फेला, मोहन भजनी नदीहरुमा डुबेर धेरै को ज्यान गएको अवस्ताकाठमाडौँ । कैलालीमा एक बालकको शव घर नजिकैको नालामा फेला परेको छ । टीकापुर नगरपालिका–६ का खुशीराम चौधरीका आठ वर्र्षीय छोरा आरबको शव नालामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बालक हिजोबाट बेपत्ता थिए । बालक साँझसम्म घर नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्दा आज घर नजिकै नालामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । यसैगरी, मोहना नदीमा हिजो डुबेर बेपत्ता भएका धनगढी उपमहानगरपालिका–१० का २५ वर्षीय विशाल राना अझै फेला पर्न सकेका छैन्न् । नदी तर्ने क्रममा राना डुबेको जनाइएको छ । नगर प्रहरीसहित सुरक्षाकर्मीको टोलीले हिजोदेखि रानाको खोजीकार्य जारी राखेको छ । बेपत्ता राना अहिलेसम्म नभेटिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो । यस्तै, भजनी नगरपालिका–८ गोडचौराका अन्दाजी ५५ वर्षीय जयराम डङ्गौराको पानीमा हिंड्ने क्रममा लडेर ज्यान गएको छ । पसलबाट घर फर्कने क्रममा पानीमा हिंडिरहेको बेला डङ्गौरा लडेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जाजरकोटमा पहिरोले टहरो पुर्दा एकै घरमा तीन जनाको मृत्यु
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ।
अत्याधिक गर्मीका कारण वीरेन्द्रनगरका विद्यालय एक हप्ता बन्द
सुर्खेत । अत्यधिक गर्मी भएपछि वीरेन्द्रनगर भित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् ।
सुर्खेतमा गिरी लक्षित गोली प्रहार प्रकरणमा थप एकजना पक्राउ
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका तरुण दलका नेता ३७ वर्षीय विनोद गिरी लक्षित गोली प्रहारको घटनामा संलग्न भएको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतकै ३३ वर्षीय सन्तोष गिरी छन् ।
कर्णालीका प्रदेश सभाको बैठक दिउँसो ३ बस्दै, मुख्यमन्त्री कँडेलले आज विश्वासको लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दै छ ।
कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् ।
सरकार गठनका लागि केन्द्रको निर्णय कुर्दै कर्णाली प्रदेश
कर्णाली( राजनीतिक समीकरणपश्चात् केन्द्रमा नयाँ गठबन्धनको सरकार बनेपछि त्यसको प्रभाव सातै प्रदेशमा परेको छ। समीकरण फेरबदलको प्रभावबाट कर्णाली पनि अछुतो छैन।नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर नेपाल कम्युनिष्ट पार्टी ९एमाले०लगायतका पाँच दलसँग नयाँ गठबन्धन गरेपछि कर्णाली प्रदेश सरकारबाट समर्थन फिर्ता लिँदै नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिइसकेका छन्।फागुन २२ गते आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णबहादुर बीसी र सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले राजीनामा दिएका हुन्।कांग्रेस मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालय मुख्यमन्त्री राजकुमार शर्माले सम्हाल्ने र साविकका मन्त्रालय यथावत तवरले सञ्चालन हुनेगरी नियुक्ति र जिम्मेवारी हेरफेर गरी प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेशको मन्त्रिपरिषद् गठन गरे। तथापि कर्णाली एमालेसँगको समीकरणमा नयाँ गठबन्धन सरकार बन्न सकेको छैन। करिब दुई सातासम्म नयाँ सरकार गठन हुन नसकेपछि विकास निर्माणका कार्यमा बाधा पुगेको देखिन्छ। कर्णाली सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शर्मा र एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेलसहित दुवै दलका पदाधिकारी बसेर सरकार गठनका विषयमा छलफल गर्दै आएका छन्। छलफलमा माओवादी केन्द्रले आफ्नै नेतृत्वमा सरकार निरन्तर अगाडि बढ्नुपर्ने विषय राखेको छ भने एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ।मुख्यमन्त्री शर्माले आफू नेतृत्वको सरकारले नीति, कार्यक्रम तथा बजेट ल्याएकाले त्यसको कार्यान्वयनमा प्रभाव पर्ने र तत्काल फरक नेतृत्वको सरकारलाई त्यसमा टेकेर काम गर्नसमेत असहज हुने भएकाले आफू नेतृत्वकै सरकारलाई निरन्तरता दिनुपर्ने तर्क राखेका छन्। उनले भने, ‘उहाँ (नेता कँडेल) नेतृत्वको सरकारले ल्याएका नीति, कार्यक्रम तथा बजेटमा रहेर मैले पनि प्रतिफल ल्याउन गाह्रो हुन्छ। यो कुरा बुझ्दा दुवै दलका लागि हित नै हुन्छ।’दुवैका आ–आफ्नै अडान भएपछि सत्ताको नेतृत्व कसले गर्ने भन्ने विषय निकै पेचिलो बन्दै गएको छ। छलफलबाट निकास निस्कन नसकेपछि सरकार गठनमा अन्योल बढेको छ। एमाले कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक टेकराज पछाईँले यस पटक एमालेलाई नै सरकारको नेतृत्व दिन केन्द्रलाई अनुरोध गरिएको बताए।‘केन्द्रमा समीकरण भएअनुसार हामी यहाँ दुई दल बस्यौँ। सामान्य छलफल भए पनि केन्द्रले जे निर्णय गर्छ, त्यसबमोजिम अगाडि बढ्नेबाहेक अरु त्यस्तो निर्णय हुन सकेन,’ उनले भने, ‘यही सरकारलाई निरन्तरता दिने भए त हामी बाहिर नै आउँदैनथ्यौँ। हाम्रो आग्रहअनुसार केन्द्रले निर्णय गर्ने आशा राखेका छौँ।’माओवादी केन्द्रका प्रमुख सचेतक रनसिंह परियारले एक वर्ष माओवादीको नेतृत्वको सरकार सञ्चालन भइसकेको हुनाले यसलाई निरन्तरता दिनु उचित हुने तर्क गरे। उनले भने, ‘दुवै दलले सरकारमा आ–आफ्नो नेतृत्व खोज्नु स्वाभाविक नै हो। यद्यपि केन्द्रीय गठबन्धनको मर्म र भावनाअनुसार प्रदेशले चल्नुपर्छ। यहाँको आन्तरिक छलफलमा दुवै दलले नेतृत्व आफूले पाउनुपर्ने अडान कायमै राखेका छन्।’कर्णालीमा दुवै दलबीच आपसी छलफल भए पनि यो पर्याप्त र निर्णायक अवस्थामा पुग्ने छेकछन्द छैन। दुवै दलका आ–आफ्नै अडान छन्। ती अडान निष्कर्ष पुग्ने देखिँदैन। कर्णाली सरकार कसको नेतृत्वमा गठन हुने भन्ने कुरा केन्द्रबाट आउने निर्णय एवं निर्देशनले निर्धारण गर्ने बताइएको छ। प्रदेशबाट सरकारको नेतृत्वको विषय यहाँबाट नटुङ्गिने भएकाले केन्द्रबाट आउने निर्णयलाई दुवै दलले कुरेर बसेका छन्।
बालकुमारी घटना को बिरोधमा सुर्खेतमा चर्कियो आन्दोलन, वीरेन्द्रनगरको मुख्य सडक चक्काजाम
बालकुमारी घटना को बिरोधमा सुर्खेतमा चर्कियो आन्दोलन, वीरेन्द्रनगरको मुख्य सडक चक्काजाम
भूकम्प पीडित चिसोले मरिरहेका छन्, सरकार दुर्गा प्रसाईंसँग भिडिरहेको छ
काठमाडौं । गत १७ असोजको मध्यरात गएको भूकम्पबाट जोगिएपनि बोरकोट गाउँपालिका–६, जाजरकोटका वीरबहादुर कामी चिसोबाट बच्न सकेनन् । ६६ वर्षीय वीरबहादुरको चिसोकै कारण २६ कात्तिकमा मृत्यु भयो ।