• १० असार २०८१, आइतबार
  • Sun, 23 Jun 2024
गोरखापत्र

सवारी दुर्घटनामा परि भारतमा चार नेपालीको मृत्यु

लेखक: बि.एम.एन. न्यूज
blog

साङ्केतिक तस्बिर

काठमाडौं- सवारी दुर्घटनामा परि भारतमा चार नेपालीको मृत्यु भएको छ। 

शनिबार दिउँसो भारतीय बजार खटिमास्थित चकरपुरमा भएको सवारी दुर्घटनामा परि कञ्चनपुरका चार जनाले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनीहरु एकाघरका हुन्। भारतको उधमसिंहनगर खातिमाको मुडेली क्षेत्र गोयल कोलोनीमा बस्दै आएका उनीहरु शनिबार बिहान आफन्त भेट्न कञ्चनपुर आएर फर्किँदै थिए। 

दुईवटा स्कुटरमा सवार उनीहरुलाई पछाडिबाट आएको तीव्र गतीको कारले ठक्कर दिएको थियो। दुर्घटनामा तीन जनाको घटनास्थमै र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

दुर्घटनामा ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइबुहारी कल्पनाको मृत्यु भएको हो। स्कुटरलाई ठक्कर दिएर चालक फरार भएको र खोजी जारी रहेको चकरपुर प्रहरी चौकीका इन्चार्ज प्रियांशु जोशीले बताएका छन्।

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप

slider

पदको दुरूपयोग नगरी बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरूपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन् ।

slider

भारतका पूर्व क्रिकेटर डेभिड जोन्सनले गरे आत्महत्या

काठमाडौँ । भारतको राष्ट्रिय टोलीबाट टेस्ट क्रिकेट खेलिसकेका पूर्वखेलाडी डेभिड जोन्सनले आत्महत्या गरेका छन् । उनले बिहीबार बेंगलुरुस्थित आफ्नै घरको चौथो तल्लाबाट फालहानेर आत्महत्या गरेको समाचारमा जनाइएको छ ।

slider

संसदीय दलको कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । गण्डकी प्रदेश माओवादी केन्द्र संसदीय दलको कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

slider

बन्ने भयो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, १२ वटा कम्पनीहरूले हाले टेण्डर

चितवन । चितवनको भरतपुरमा धुर्मुस सुन्तलि फाउन्डेसनले निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बजेट अभावले निर्माण अलपत्र बनेपछि भरतपुर महानगरपालिकाले जिम्मा लिएको थियो ।

slider

अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ । पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ । अविरल वर्षाले यस सडक खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको हो ।

slider

राष्ट्रिय परीक्षा बोर्ड परीक्षाको वार्षिक कार्यतालिका सार्वजनिक, यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

slider

बागमती प्रदेशसभामा प्रतिपक्षी दलको अवरोध, बैठक स्थगित

हेटौँडा । प्रतिपक्ष दलले बागमती प्रदेशसभा बैठकमा अवरोध गरेका छन् । बजेट पुनः लेखनको माग गर्दै प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेका हुन् ।

slider

८२५ जना शिक्षकले त्यागे दल

काठमाडौँ । विभिन्न राजनीतिक दलमा आवद्ध भएका तथा सदस्यता लिएका ८२५ जना शिक्षकहरूले दल त्याग गरेका छन् ।

गोरखापत्र