• १० असार २०८१, आइतबार
  • Sun, 23 Jun 2024
गोरखापत्र

बढ्दो तौलका कारण न्युयोर्क सहर वर्षेनी भासिँदै गएको प्रतिवेदन सार्वजनिक

लेखक: बि.एम.एन. न्यूज
blog

काठमाडौं- अमेरिकाको न्युयोर्क सहरमा बाढीका कारण आपतकाल घोषणा भएको छ । आँधीपछि आएको बाढीका कारण जनजीवन प्रभावित भएपछि न्युयोर्कका गभर्नर क्याथी होचुलले आपतकाल घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । लगातार ठूलो वर्षा भएपछि न्युयोर्कका सडक र बस्तीमा बाढी पसेको छ । सडक, विद्युत लगायतका सेवा अवरोध भएको बीबीसीले जनाएको छ ।

न्युर्योकको जनजीवन ठप्प जस्तै भएको छ । यसैबीच अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बढ्दो तौलका कारण न्युयोर्क सहर लगातार डुबिरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । नासाको जेट प्रोपल्सन ल्याबोरेटरी र रुटजर्स युनिभर्सिटीले संयुक्त रुपमा तयार पारेको प्रतिवेदनमा सन् २०१६ देखि २०२३ सम्ममा लागार्डिया विमानस्थल ४ दशमलव ६ मिलिमिटर डुबिसकेको उल्लेख छ । जमिन तलतिर जाँदै गर्दा समद्रको सतह माथि आउन थालेको अध्ययनको निष्कर्ष छ ।

प्रतिवेदनमा अनुसन्धानकर्ताहरूले न्युयोर्कको तटीय क्षेत्रलाई बाढीबाट जोगाउन निरन्तर चुनौती रहेको उल्लेख गरेका छन । न्युयोर्क सहरका १० लाखभन्दा बढी भवनको तौल झण्डै १७ ट्रिलियन पाउण्ड रहेको र जसका कारण सहर बिस्तारै भासिँदै गएको प्रतिवेदनमा भनिएको छ । उपग्रहको रडारबाट डाटा प्रोसेसिङ प्रविधि प्रयोग गरिएको अध्ययनले पछिल्लो वर्षहरुमा न्युयोर्कको सहरी क्षेत्रमा हरेक वर्ष झण्डै एक दशमलव ६ मिलिमिटर सतह तल जान थालेको देखिएको प्रतिवेदनमा उल्लेख रहेको सीएननले जनाएको छ । 

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप

slider

पदको दुरूपयोग नगरी बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरूपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन् ।

slider

भारतका पूर्व क्रिकेटर डेभिड जोन्सनले गरे आत्महत्या

काठमाडौँ । भारतको राष्ट्रिय टोलीबाट टेस्ट क्रिकेट खेलिसकेका पूर्वखेलाडी डेभिड जोन्सनले आत्महत्या गरेका छन् । उनले बिहीबार बेंगलुरुस्थित आफ्नै घरको चौथो तल्लाबाट फालहानेर आत्महत्या गरेको समाचारमा जनाइएको छ ।

slider

संसदीय दलको कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । गण्डकी प्रदेश माओवादी केन्द्र संसदीय दलको कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

slider

बन्ने भयो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, १२ वटा कम्पनीहरूले हाले टेण्डर

चितवन । चितवनको भरतपुरमा धुर्मुस सुन्तलि फाउन्डेसनले निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बजेट अभावले निर्माण अलपत्र बनेपछि भरतपुर महानगरपालिकाले जिम्मा लिएको थियो ।

slider

अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ । पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ । अविरल वर्षाले यस सडक खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको हो ।

slider

राष्ट्रिय परीक्षा बोर्ड परीक्षाको वार्षिक कार्यतालिका सार्वजनिक, यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

slider

बागमती प्रदेशसभामा प्रतिपक्षी दलको अवरोध, बैठक स्थगित

हेटौँडा । प्रतिपक्ष दलले बागमती प्रदेशसभा बैठकमा अवरोध गरेका छन् । बजेट पुनः लेखनको माग गर्दै प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेका हुन् ।

slider

८२५ जना शिक्षकले त्यागे दल

काठमाडौँ । विभिन्न राजनीतिक दलमा आवद्ध भएका तथा सदस्यता लिएका ८२५ जना शिक्षकहरूले दल त्याग गरेका छन् ।

गोरखापत्र