• १५ जेठ २०८१, मङ्गलबार
  • Tue, 28 May 2024
गोरखापत्र

भक्तपुर टुर्सले बैषाख १४ गत्ते बिद्यार्थीको उद्यमशिलता बिकासको लागि ३३ पोखरी अध्ययन कार्यक्रम गर्ने

लेखक: बि.एम.एन. न्यूज
blog

भक्तपुर । भक्तपुर टुरसले बैषाख १४ गत्ते बिद्यार्थीको उद्यमशिलता बिकासको लागि ३३ पोखरी अध्ययन कार्यक्रम गर्ने भएको छ । भक्तपुरको ३३ पोखरी पदमार्गलाई समेत आम्दानीको श्रोत बनाउन सकिने निष्कर्ष भक्तपुर टुर्सको छ । यसको कार्यन्वयनको लागि आवश्यक दक्ष जनशक्तिलाई बिद्यालय तहबाट जागरुक गर्ने उदेश्यले कक्षा ७ र ८ मा अध्ययन गर्ने बिद्यार्थीहरु र स्थानीय बिषय अध्यापन गराउने शिक्षकहरुलाई आफु आबद्ध बिद्यालय रहेको वडा नजिकै पर्ने पोखरीहरुको अध्ययन अवलोकन गरी कुनै एक पोखरीमा, कसरी, कहिले, के कस्ता ब्यबसाय गर्न सकिन्छ, त्यसको लागि ब्यबसायिक सोच तयार गर्न आह्वान गरिएको छ । 

यसको लागि बैशाक १४ गते बिद्यालयहरुले तल तालिकामा दिए बमोजिम पोखरी भ्रमण गरी आवश्यक सूचना संकलन गर्नेछ । एउटै पोखरीको अध्ययन गर्ने एक भन्दा बढी बिद्यालयहरु भएमा संयुक्त रुपमा अध्ययन गरी ब्यबसायिक सोचको प्रतिबेदन पेश गर्न पर्नेछ । 

हाल ३३ पोखरी पदमार्गमा पर्ने पोखरीहरुमा माछा पालन र नौका बिहारका ब्यबसायहरु चलिरहेका छन् । यी ब्यबसायहरु, कुनै पनि बिद्यालयले ब्यबस्थापन गरिरहेको छैन । बिद्यालयहरुलाई पोखरीको ब्यबस्थापन स्थानीय समुदायसंगको सहकार्यमा कसरी गर्ने हो त्यसको खाका कोर्न भनिएको छ । पोखरीको माध्यमबाट गर्न सकिने आर्य आर्जनका क्रियाकलापमा साझेदारी गर्नको लागि समझदारी पत्र समेत बनाइनेछ । यही समझदारीको माध्यमबाट दुबै पक्षको लागि फाइदा हुने भए पछि ३३ पोखरी पदमार्गमा बिद्यालय र समुदायको साझेदारीमा ब्यबसायहरु सुरु हुनेछ । 

३३ पोखरी परिक्रमाको लागि अतिथिहरु ल्याउने काम भक्तपुर टुर्सले निरन्तर गरिरहेको छ । यी अतिथिहरुलाई लक्षित गरी पोखरीहरुमा नयाँ नयाँ पेशा, ब्यबसाय र सेवाको ब्यबस्थापनको लागि बिद्यालयहरुसंंग सहकार्य गर्न लागिएको हो । यसबाट बिद्यार्थीहरुबाट हाल उठाउने गरिएको शुल्क कम गर्ने उदेश्य राखिएको छ । बिद्यालयहरु स्वयमले ब्यबसायिक सोच ल्याउन नसके सम्म पोखरीहरुको नियमित अध्ययन अनुसन्धान गर्न पर्नेछ । त्यसको लागि शिक्षकहरु र बिद्यार्थीहरुले पोखरीको बारेमा नियमित रुपमा प्रश्नहरु तयार गर्न पर्नेछ । 

यस्तो छ बैशाक १४ गतेको ३३ पोखरी अध्ययन तालिका 
भक्तपुरको पहिचानको रुपमा रहेको ङातापोल्ह मन्दिरमा ३३ वटा खुडकिला छन् । ती खुडकिलाको प्रतिक मानेर ३३ पोखरीको परिक्रमा गर्ने चलन केही बर्ष अघि सुरु गरिएको हो । ङातापोल्ह देगल देखिने पाँचाख्यबाट सुरु हुने यात्रा सहरकाो सबै पोखरी घुमेर अन्तिममा च्याम्हासिह पोखरी पुगेर पुन पाँचाख्य मै पुग्दा पुरै भक्तपुर परिक्रमा हुन्छ ।  

प्राचिनकालमा पानीको श्रोतका रुपमा निर्माण गरिएका भाँदगाउँ सहरका पोखरी आधुनिक कालमा पर्यटकीय गन्तब्यका रुपमा परिणत भएका छन् । यस सहरको आर्थिक बिकासको लागि बिदेशीहरुबाट उठाइएको प्रबेश शुल्कले उल्लेख्य योगदान गरेको छ । तर पर्यटकहरुको पैसाबाट पुननिर्माण गरिएका पोखरीहरुमा उनीहरु बिरलै मात्र जाने गरेका छन् । अन्तराष्ट्रिय स्तरका पर्यटक गाइड बुकहरुमा यहाँका पोखरीहरुको सुचना नराखिदा पर्यटकहरु जानकारीको अभाबमा पोखरी अबलोकन गर्न छुटाउछन् । 

भादगाँउका पोखरीहरुमा नेपाली पर्यटकहरुको भीड भने देखिने गरिएको छ । भादगाउँ सहरमा सम्पदा संरक्षणको लागि बिभिन्न पर्बहरुमा मन्दिर परिक्रमा, बिहार परिक्रमा र चैत्य परिक्रमा हुदै आएका छन् । त्यसै गरी नबरात्रीको दिनहरुमा पोखरीहरुमा मेला लाग्ने गरेको छ । भक्तपुरको ३३ पोखरी परिक्रमा गर्ने दिनको रुपमा बैशाक १ गतेलाई लिइएको छ ।  
 
भक्तपुरका केही महत्वपुर्ण पोखरीहरु 

सिद्धपोखरी 
पश्चिम भक्तपुरमा रहेको यस पोखरीमा हरेक बर्ष इन्द्रजात्राको दिनमा मेला लाग्ने गरेको छ । सत्ताईस बर्ष यता स्थानीयबासीले सो दिन पोखरी परिसरमा दिपावली गर्दै आएको छ । दिपावली हेर्नको लागि सो रात बीसौं हजार मानिस त्यहाँ पुग्ने गरेका छन् । भीडलाई ब्यबस्थित गर्न सो रात पोखरीको पुर्बी प्रबेशद्धार मात्र खुल्ला गर्ने गरिएको छ । त्यस साँझ आवागमनलाई भने एकतर्फी बनाइने गरिएको छ । भक्तपुर सहरकै सबैभन्दा ठुलो मनोरन्जन क्षेत्रको रुपमा यसलाई बिकास गरिएको छ । माछा पालन गरेर नगरपालिकाले आम्दानीको श्रोत समेत जुटाएको छ । पोखरी परिसर हरेक साँझ बिजुली बत्ती बालेर झिलिमिलि पार्ने गरिएको छ । युवा पुस्ताको लागि यो पोखरी प्रमुख जमघट स्थल हुन पुगेको छ ।  

नपुखु 
टेलिकम टावरमुनि रहेको नपूखुको भित्री डिलमा ढुङगा बिछ्याउने कार्य १२ बर्ष अघि सकिएको छ । ढुङगा बिछ्याए पछि यहाँ भित्र मानिसको चहलपहल बढेको छ । पोखरीमा लागेका लेउहरु हटाइएका छन् । पोखरीको पानी सफा भए पछि पोखरी संगैको बसपार्कका सवारी चालकहरुले दिनँहु आफ्नो सवारी पाखाल्न पोखरीको पानी प्रयोग गर्न पाएका छन् । पोखरीको उत्तरबाट चाँगु नारायण मन्दिर रहेको डाँडो र मन्दिरको गजूर समेत हेर्न सकिन्छ । पोखरी नजिकै रहेको सार्बजनिक पुस्तकालयमा नयाँ पुस्ता का  लोकसेवा र भाषा परीक्षाको लागि अध्ययन गरिरहेका हुन्छन् । दक्षिण पट्टीबाट भने उपत्यकाको सबैभन्दा अग्लो पर्बत फुलचोकी डाँडामा रहेको एनटिभी टावर देखिन्छ । स्थानीय युवाहरु उक्त पोखरीको डिलमा दगुरेर बिहान बिहान शारिरिक अभ्यास गर्ने गर्दछन् ।  

कालदह 
भक्तपुर उद्योग क्षेत्र भित्र अनि नपुखुको मुन्तिर कालदह रहेको छ । जनैपुर्णिमाका दिनमा मेला लाग्ने यस कालदहमा चारैतिर देबदेबीका मुर्तिहरु स्थापना गरिएका छन् । कालदको बरिपरी काष्ठकलाको गाउँ रहेको छ । काष्ठकलाको ब्यापार गर्नेहरुको लागि यो पोखरी हेर्न छुटाउन नहुने मध्ये एक हो ।  

चिल्ड्रेन पार्क 
नवदुर्गा चलचित्र भवनको तलपट्टी शहिद पार्क भित्र रहेको पोखरी चिल्ड्रेन पुखु हो । भादगाउ सहरमा आउने बिद्यलयका बिद्यार्थीहरुको मनोरन्जनको लागि बनाइएको यस पोखरी परिसरमा बिद्यार्थीहरु ड्राइ पिकनिक मनाउन जाने गरेका छन् । भादगाउँ को एउटै मात्र गोलाकार पोखरीको ररुपम रहेको यस क्षेत्रमा सहिदहरुको मुर्ति समेत कुदिएका छन् ।  

भण्डारखाल पोखरी  
भक्तपुर दरवारको टिकट बेच्ने ढोकाबाट प्रबेश गरे लगत्तै बायाँपट्टी फुलैफुल उम्रिएको एउटा ढोका देखिन्छ । सो ढोका भित्र छिरे पछि देखिने सानो पोखरी भण्डारखाल पोखरी हो । फुल फुलेको ढोकामा पुलिस थानाको साइनबोर्ड देखिन्छ । सो बोर्डको कारण पर्यटकहरुले त्यहाँ भित्र सुन्दर पोखरी रहेको अनुमान समेत गर्न सकेका छैनन् । यसै कारण भण्डारखाल पोखरी कमै मात्रले अवलोकन गर्ने गरेका छन् ।  

सुन्दरी चोक 
भक्तपुर दरवारको सुनढोका भित्र चारैतिर नागनागिनाको मुर्ति कुदिएको पोखरी छ । यो पोखरी रहेको ठाउँलाई सुन्दरी चोक भनिन्छ । यस चोकमा राजपरिवार सदस्यहरु स्नान गर्दथे भन्ने जनश्रुति रहेको छ । बर्तमानमा भने त्यहाँ दरबार भित्र हुने बली चढाइएका बोका पोल्न प्रयोग हुने छ्वाली र पराल भण्डारण गरिएका छन् ।  

रुञ्चे पोखरी 
भक्तपुर दरवारको मुलचोक भित्र पातपतिङगरले भरिएको एउटा पोखरी छ । यस पोखरीमा बालबालिकालाई स्नान गराइएमा रुञ्चेपना हट्ने बिश्वास रहेको छ । बिदेशी पर्यटकहरुलाई यस पोखरीमा प्रबेशमा रोक लगाइएको छ । यहाँ तल्कालिन मल्ल राजाको कुल देबता रहेकोले बिदेशीहरुलाई प्रबेश गर्न नदिइएको हो ।  

ब्यासी पोखरी 
नामुद गुण्डा र डनहरुको बस्ती रहेको ब्याँसीमा दुइवटा पोखरी छन् । यी पोखरी वरिपरीका बाटामा बिस्कुन सुकाइएको रमाइलो दृष्य देखिन्छ, यहाँका बासिन्दाहरुलाई लासिवा भनिन्छ । नेवार भाषामा लासिवा शब्दको अर्थ बाटोमा बिस्कुन सुकाउने मानिस भन्ने रहेको छ । ब्याँसीका पोखरीहरु भिरालो जमिनको फेदमा बनाइएको कारण अरु पोखरी भन्दा फरक देखिएका छन् । 

ख्योपुखुचा 
महाकाली मन्दिरसंगै रहेको ख्योपुखुचामा सुतिरहेको बिष्णुको मुर्ति राखिएको छ । यस पोखरीमा हरेक तीन बर्षमा साउन महिना भरी मेला लाग्छ । यसै गरी हरेक बर्षको फुलपातीको दिनमा यहाँ भब्य मेला लाग्ने गर्दछ । अचाँ पुखूको नामले समेत यो पोखरीलाई चिनिन्छ । 

भौलापुखु 
भोलाछे टोलमा रहेको भौलापूखूको बारेमा एउटा किबंदंती रहेको छ । जसअनुसार हाल पोखरी रहेको स्थानमा भौ अर्थात बिरालोहरु झगडा गर्दथे । यहाँ बिरालो झगडा गर्दा गर्दै कालान्तरमा ठुलो खाडल बन्न पुग्यो । सोही खाडल पछि भौलापुखूमा परिणत भएको भनाइ रहेको छ । पोखरी वरिपरी नारायण शिब र गणेशका मन्दिर रहेका छन् । पोखरी भित्र पेटी बनाएर गमलामा फुल रोपिएको छ । 

नागपोखरी 
थालाछेंमा रहेको नागपोखरीमा रहेको नागको मुर्ति पुर्ब दिशामा फर्केका छन् । सो पोखरीमा स्थानीय छिपा समुदायले धागोमा रंग लाउने गरेका छन् । प्रयोग भैसकेको रंग पोखरीको पानीमा मिसाइने भएकोले पोखरी रंगीन देखिने गरेको छ । तर पोखरीको छेउमा फलामका खेलौना राखे पछि धागो सुकाउनको लागि ठाउँ अभाब भएको छ । 

नबदुर्गा पोखरी 
दशैंमा राष्ट्रपति महोदय समेत दर्शनको लागि आउने नवदुर्गा मन्दिरको छैवैमा रहेको नवदुर्गा पोखरी फराकिलो रहेको छ । यो क्षेत्र भक्तपुरकी एकान्तकुमारी बिराजमान हुने प्रसन्नशील महाबिहार जाने प्रमुख थलो भएकोले यहाँ नेपाली पर्यटकहरुको चहलपहल बाक्लो हुने गरेको छ ।  

लामागाल 
कमलबिनायकको सरस्वती स्कुल परिसरमा रहेको लामागाल पोखरीमा हाँसहरु चरणको लागि आउने गरेका छन् । सुख्खायाममा स्थानीयले यहाँको पानी प्रयोग गर्दै आएको छ । बास्तुकलाका बिद्यार्थीहरुले आफ्नो थेसिसमा यस पोखरी वरपर खुल्ला मञ्चको संम्भावना रहेको उल्लेख गरेका छन् ।  

कमलपोखरी 
दुई दशक अघिसम्म कमल फुल्ने गरेको कमलपोखरी हिलोमुक्त भएकोले कमल त फुलेको छैन । तर पोखरीको पश्चिम भागमा भने बगैंचा निमार्ण गरिएको छ । दक्षिणमा संन्ध्यकालिन मेला लाग्ने गरेको छ । पुर्बमा यातुगणेशको मन्दिर बिराजमान रहेको छ ।  

गरुडकुण्ड 
च्याम्हासिहमा रहेको गरुडकुण्डलाई कुम्ह समुदायले पार्कमा परिणत गरेका छन् । उनीहरुले त्यहाँ तीनसयको संख्या गमला राखेर फुल रोपेका छन् । पार्क भित्र रहेको गरुडकुण्डमा मुहानको पानी संकलन भैरहेको बिचित्रको दृष्य देखिन्छ । कुण्डमुनि झर्नको लागि सिढीहरु समेत बनाइएका छन् ।  

च्याम्हासिह पुखु 
आठवटा सिहका मुर्ति रहेको च्याँम्हासिह पुखु एउट बिद्यालय हातामा रहेको छ । सो बिद्यालयका बिद्यर्थीलाई पोखरीको पर्याबरणीय चक्र प्रणालीको प्रयोगात्मक ज्ञान दिन पोखरीको उपयोग हुदै आएको छ । बसपार्कसगै भएकोले च्याम्हासिह आउने जो कोही देशी तथा बिदेशी पर्यटकले यो पोखरी सडक बाटै अबलोकन गर्दै आएका छन् ।  

खँचा पुखु 
प्रसिद्ध पाँचतले मन्दिरको छाँया देखिने खँचा पोखरी खँचा टोलमा रहेको छ । माहेश्वरीखोलाको उकालो उक्ले पछि पुगिने खँचा पोखरीमा पानी नहल्लिएको बेला आधा किलोमिटर टाढा रहेको राष्ट्र बैकले जारी गरेको सय रुपैयाको नोटमा अंकित उक्त मन्दिर स्पष्टसंग देखिन्छ । साँझ घाम डुब्न अघि छायाँ अधिक स्पष्ट देखिने गरेको छ । तर मन्दिर नजिकै बनेका अग्ला घरहरुले हाल छाया छेकिन्छ । 

यातापुखु 
याता टोलमा दिनभरी घाम लाग्ने गर्दछ । यहाँ रहेको पानी यातापुखूमा यसै कारण पानी तातेको हुन्छ । जाडो महिनामा हनुमन्तेघाटमा माघको स्वस्थानी ब्रत बस्नेहरु यस पोखरीमा स्नान गर्न रुचाउछन् । यस पोखरीलाई तातो पानीमा स्नान गर्ने ब्यबसायिक पोखरीमा परिणत गर्ने स्थानीय सरकारको योजना रहेको छ । सुरक्षाको कारण यो पोखरीमा हाल ताला लगाएको छ । 

तेखापुखु 
तेखापोखरीको नामले समेत चिनिएको भक्तपुरको बजार क्षेत्रमा पर्ने एक मात्र पोखरी हो । यो पोखरी बंशगोपालको बजार छेवैमा रहेको छ । पोखरी परिसरलाई पर्खालले घेरिए छि यसको सुन्दरता थपिएको छ । होली पुर्णिमाका दिनमा यहाँ रंग र पानी खेल्नेहरुको मेला लाग्ने गरेको छ । भक्तपुर सहरका बिभिन्न स्थानमा राखिएका पर्यटक नक्शामा समेत यसको संकेत देखाइएको छ ।  

स्वरुप फेरिएका पोखरी 
भक्तपुर सहरका केही पोखरी वेवास्ताको कारण संकटमा परेका थिए । पोखरीको पानी सदुपयोग गरी संरक्षणको चासो नदिइदा यी पोखरी संकटमा परेका हुन । गोङग पुखु, जेलाको पुखुचा, बेखाल पोखरी, याताबहारे पोखरी, थुगुचो पोखरी, देगमना पोखरी, मंगल कुण्ड लगायतका पोखरी अस्तित्व संकटमा परेको थियो । हाल सबै जसो पोखरीहरुको राम्रै अवस्थामा छ ।  

कम प्रयोग भैरहेका पोखरी 
पोखरीमा पानी जम्मा हुन छोडे पछि सुक्ने गरेको छ । सुकेका पोखरीहरु प्रयोग बिहिन अवस्थामा छन् । कुमारी पोखरी र ल्योसिङख्यो पुखु, शिबालय पुखु सुकेको अवस्थामा छ । गलसी पुखु, भुलाँपुखु, यालाछे पुखु, भीसिङख् पुख, लगायतका ठाउँहरुमा पोखरी पुरे पछि सरकारी कार्यलय र स्कूलहरु बनेका छन् । 

धारासंग जोडिएका पोखरी 
अधिकांस धारामा पानी नभए पनि इन्द्रायाणी पुखुको पानीले नजिकैको धारामा चौबिसै घन्टा पानी बगिरहेको छ । चोर्चा पुखुमा भने धाराबाट निकास भएको पानी संकलन हुन्छ । सल्लाँ गणेश पुखु को पानीले तचपालको भीमसेन मन्दिरमा रहेको धारामा पानीको बहाव ल्याएको छ । हाल भक्तपुरमा रहेको धारामा मध्ये सबैभन्दा बढी पानी यसै धारामा बहने गरेको छ । 

खोला भित्रका पोखरी 
हनुमाघाट स्थित त्रिबेणी पोखरी र चम्पाखोलामा रहेको काँलाचा दहमा धार्मिक आस्थाबाट स्नान गर्ने परम्परा छ । तर खोलाको पानी दुषित भएकोले हनुमानघाटमा माघ महिनामा मात्र स्नान गर्ने चलन बाँकी छ । यस अघि काँलाचा दहमा स्नान गर्दा खटिरा जन्य रोग निको हुने बिश्वास गरिन्थ्यो ।  

छकुने पोखरी 
हाल मर्मत भैरहेको यस पोखरी लैको टोल रहेको छ । यहाँ गोल्डेन फीस राखेर पोखरीको प्राकृतिक बाताबरण बिग्रेको पाईन्छ । बिस्का जात्राको बेला यसै पोखरीमा भैरबको रथमा विराजमान भैल्योद्योलाई मासुको चोक्टा अर्थात लाको चढाउने चलन रहि आएको छ । यही लाको कै परिष्कृट नाम लैकोबाट यस पोखरी चिनिने गरिएको छ ।

 सिलाचह्रे पुखु 
मर्मतको लागि सरकारी बजेट पाए पछि गत दुई बर्षमा पुस्तक समेत प्रकाशित भएका दुई वटा पोखरीहरु यति खेर चर्चित रहेको छ । यस अघि स्थानीय दुई फरक फरक क्याम्पसहरुको अधिनमा रहेका ती पोखरीहरु स्थानीय निकायको अग्रसरमा मर्मत भै सिलाचहे् अर्थात शिवरात्रीको दिन उद्धाटन गरिएका छन् । न्हू पुखु र भाजु पुखु मा शिबको मुर्ति स्थापना गरिएको कारण शिवरात्रीको दिन उद्धघाटन गरिएका हुन् । यी दुई पोखरीलाई निकै पुरानो मानिएको छ।

पोखरी सर्किटको अबधारणा 
पोखरीहरुमा चहलपहल कायम गर्न त्यस क्षेत्रमा पर्यटकहरको आवागमन नियमित हुनु पर्दछ । यतिमात्र नभएर चाडपर्ब र मेलाका बेलामा पोखरी परिक्रमा गर्ने संस्कारको थालनी समेत गर्न सकिन्छ । यसरी गरिने परिक्रमालाई पोखरी सर्किट भन्न सकिन्छ । पोखरीको पानीको श्रोत मात्र नभएर आसपासको तापक्रम सन्तुलित राख्ने बैज्ञानिक पद्धति पनि हो । पोखरीको क्षेत्रहरुमा गर्मी र जाडोको अन्तर कम हुने गरेको छ । यसै कारण घनाबस्ती रहेका स्थानहरुमा पोखरी निमार्ण भएका हुन । यसरी बहुउपयोगी भक्तपुरका तीन दर्जन बढी पोखरीहरु तीन घण्टाको छोटो अबिधि हेर्न सकिन्छ । यी पोखरी रहेको स्थानमा भ्रमण गर्दा आनन्दित हुन पाउने अवसर भक्तपुरको पोखरी सर्किट यात्रा उपलब्ध हुन्छ ।     

​​​​​​​

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप

slider

रेमल चक्रवातका कारण भारतमा एक जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा रेमल चक्रवातको असर कम हुन थालेको छ । नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) का डीआईजी मोहसिन शाहिदीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार चक्रवात गम्भीर श्रेणीबाट बाहिर आएको हो ।

slider

तयारी पुरा नभए पछि माधव नेपालले गरे चीन भ्रमण रद्द

चीन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यसै साता हुन लागेको चीन भ्रमण रद्द गरेका छन् ।

slider

न्युरोडमा फुटपाथ विस्तार विरोधमा स्थानीयको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड (नयाँ सडक) क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

slider

करेन्ट लागेर दाङमा एक महिलाको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ बेलुवा बस्ने ४५ वर्षीया जगन्या चौधरीको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो ।

slider

सिरोहियालाई थप ५ दिन म्याद थप्न सरकारी वकिलको सिफारिस

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ ।

slider

शिवशिखर सहकारीका सञ्चालक शर्मामाथि करिब ३३ अर्ब अपचलनको आरोप

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारीका बचतकर्ताको रकम अपचलनको आरोप लागेका शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्माविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन तयार गरेको छ ।

slider

त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो देखिएपछि पौने घण्टा उडान बन्द

काठमाडौं । त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो देखिएपछि पौने घण्टा उडान बन्द भएको छ ।

slider

प्रतिनिधिसभा बैठक जेठ १३ सम्मका लागी स्थगित

काठमाडौँ । प्रतिपक्षी दलहरूको अवरोधका बिच शुक्रबारको नीति तथा कार्यक्रममाथिको छलफल बैठक प्रभावित हुन पुगेको छ ।

गोरखापत्र