• १० असार २०८१, आइतबार
  • Sun, 23 Jun 2024
गोरखापत्र

तयारी पुरा नभए पछि माधव नेपालले गरे चीन भ्रमण रद्द

लेखक: बि.एम.एन. न्यूज
blog

चीन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यसै साता हुन लागेको चीन भ्रमण रद्द गरेका छन् ।

राजनीतिक दलका नेताहरुमध्ये विदेश यात्रामा बढी यात्रा गर्न रुचाउने  आरोप खेपेका अध्यक्ष नेपालको भ्रमण तयारी पुरा भएपनि अन्ततः चीन यात्रा नगर्ने भएका हुन् ।  

आगामी विहीबारदेखि चीन सरकारको निम्तोमा सुचवान प्रान्तको राजधानी छेन्दुको भ्रमण गर्ने कार्यतालिका थियो । अध्यक्ष नेपालले भ्रमण गर्न नसक्ने भएपछि पार्टीका उपाध्यक्ष प्रमेशकुमार हमालको नेतृत्वमा सात सदस्यीय टोली बिहीबार छेन्दु पुग्नेछन् ।

हमाल नेतृत्वको टोलीले चारदिन चीन यात्रामा रहँदा छेन्दुमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटवार्ता र भ्रमण गर्नेछन् ।त्यसअघि अध्यक्ष नेपालको नेतृत्वका टोली छेन्दु भ्रमण सकेर चीनको स्वसासित क्षेत्र तिब्बतको समेत भ्रमण तालिका तय हुँदै थियो । तर, अध्यक्ष नेपालको भ्रमण रद्द भएपछि हमाल नेतृत्वको टोली भने तिब्बत जाने छैन । 

यस पटकको चीन यात्रामा अध्यक्ष नेपालले सनातनीहरूको पवित्रस्थल कैलाश मानसरोवरको यात्रा गर्ने विषयमा चिनियाँ पक्षसँग छलफल भइरहेको थियो । अध्यक्ष नेपाल नआउने भएपछि तिब्बत यात्रा पनि पनि स्थगित भएको हो । 

पछिल्लो समय नेपालको राजनीतिक परिस्थितिका कारण अध्यक्ष नेपालको चीन भ्रमण स्थगित भएको होला भन्ने अनुमान चिनियाँ पक्षले गरेका छन् । 

नेपालका लागि चीनका राजदूत विष्णुपुकार श्रेष्ठले अध्यक्ष नेपालको भ्रमणका बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘मैले अध्यक्ष नेपालको भ्रमणबारे छेन्दुतिर बुझ्नु पर्ला । छेन्दुमा नेपालको महावाणिज्य दूतावास पनि रहेको छ ।’    


Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप

slider

पदको दुरूपयोग नगरी बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरूपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन् ।

slider

भारतका पूर्व क्रिकेटर डेभिड जोन्सनले गरे आत्महत्या

काठमाडौँ । भारतको राष्ट्रिय टोलीबाट टेस्ट क्रिकेट खेलिसकेका पूर्वखेलाडी डेभिड जोन्सनले आत्महत्या गरेका छन् । उनले बिहीबार बेंगलुरुस्थित आफ्नै घरको चौथो तल्लाबाट फालहानेर आत्महत्या गरेको समाचारमा जनाइएको छ ।

slider

संसदीय दलको कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । गण्डकी प्रदेश माओवादी केन्द्र संसदीय दलको कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

slider

बन्ने भयो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, १२ वटा कम्पनीहरूले हाले टेण्डर

चितवन । चितवनको भरतपुरमा धुर्मुस सुन्तलि फाउन्डेसनले निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बजेट अभावले निर्माण अलपत्र बनेपछि भरतपुर महानगरपालिकाले जिम्मा लिएको थियो ।

slider

अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ । पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ । अविरल वर्षाले यस सडक खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको हो ।

slider

राष्ट्रिय परीक्षा बोर्ड परीक्षाको वार्षिक कार्यतालिका सार्वजनिक, यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

slider

बागमती प्रदेशसभामा प्रतिपक्षी दलको अवरोध, बैठक स्थगित

हेटौँडा । प्रतिपक्ष दलले बागमती प्रदेशसभा बैठकमा अवरोध गरेका छन् । बजेट पुनः लेखनको माग गर्दै प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेका हुन् ।

slider

८२५ जना शिक्षकले त्यागे दल

काठमाडौँ । विभिन्न राजनीतिक दलमा आवद्ध भएका तथा सदस्यता लिएका ८२५ जना शिक्षकहरूले दल त्याग गरेका छन् ।

गोरखापत्र