• २९ पुस २०८१, सोमबार
  • Mon, 13 Jan 2025
गोरखापत्र
गोरखापत्र

आज चौथो पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुँदै ओली, शपथ भोलि

लेखक: बि.एम.एन. न्यूज
blog

गोरखापत्र

काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार मुलुकको प्रधानमन्त्री नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।

संविधानको धारा ७६ (२) नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रबार साँझ ओलीले नयाँ सरकार गठनको दाबी पेस गरेका थिए।

राष्ट्रपतिले आज साँझ ५ बजेसम्मका लागि समयसीमा दिएर सरकार गठनको आह्वान गरेका छन्। आज ओलीलाई प्रधानमन्त्री नियुक्त गरेर सोमबार बिहान ११ बजे आसपासको समयमा शपथ ग्रहण कार्यक्रम राख्ने तयारी राष्ट्रपति कार्यालयको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेका ओलीले माओवादीसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गरेका हुन्।

गत असार १७ गते मध्यराति कांग्रेससँग गरेको समझदारी अनुसार ‘आलोपालो सरकार चलाउने’ समझदारी भएको छ। जसअनुसार सुरुको कार्यकाल ओली प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्नेगरी सहमति भएको नेताहरू बताउँछन्।

ओली यससँगै चौथो पटक मुलुकको प्रधानमन्त्री बन्न लागेका हुन्। उनी यसअघि ओली पहिलोपटक २०७२ साल असोज २५ गते मुलुकको प्रधानमन्त्री बनेका थिए। त्यसपछि ओली २०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री बनेका थिए। त्यसपछि उनी २०७८ सालमा तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका थिए।

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
गोरखापत्र

लेखक बाट थप

slider

सहकारी वकिलको बहस सकियो आजै आउने सम्भावना देखिएको छ

सहकारी वकिलको बहस सकियो आजै आउने सम्भावना देखिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने समेत मुछिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।आजै न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ ।बुधबार लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो ।उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीतर्फबाट जवाफी बहस सकिएसँगै आजै आदेश आउनसक्ने सम्भावना रहेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए ।२ दिनअघि अदालत गेटबाहिर अनपेक्षित गतिविधि भएपछि प्रशासनले झनै सुरक्षा कडा पारेको हो । बुधबार पनि रास्वपाका कार्यकर्ता अदालत क्षेत्र प्रवेश गर्न खोजेका थिए तर प्रहरीले रोकेको थियो ।

थारु गाउँमा माघी पर्वको रौनक

पश्चिम नेपालको थारु बस्तीमा माघ/माघी पर्वको रौनक सुरु भएको छ । माघलाई नयाँ वर्षको रूपमा लिइने थारु समुदायमा पर्वको तयारी थालिएको हो । बङ्गुरको मासुको जोहो गर्नेदेखि लिएर गाउँका प्रमुख तथा नेतृत्व चयन र माघी देवानी तथा भुरा खेलबारे समेत छलफल सुरु भएको होधनगढी उपमहानगरपालिका १६ भादाका भलमन्सा सन्त कुमार चौधरीले पुस महिनाको अन्तिम दिन हरेक थारु बस्तीमा सामूहिक सुँगुर/बङ्गुरको जिटा (मासु) काटिने प्रचलन रहँदै आएको सुनाए । माघीमा विशेष रूपमा खाने ढिक्रीको लागि चामलको पिठो पिसाउने, दुना टपरी गाँस्ने कार्य पनि चलिरहेको छ ।पर्वसँगै थारु समुदायमा बस्तीका प्रमुखका रूपमा रहने बरघर, भलमन्सा, चिराकी, चौकीदारलगायत प्रतिनिधिहरू फेरबदल गर्ने कि, पुरानालाई नै अनुमोदन गर्ने भन्नेबारे प्रारम्भिक बहस पनि पुस महिनादेखि नै सुरु भएको भादाका भलमन्सा चौधरीको भनाइ 5।उनका अनुसार नेतृत्व चयनको लागि हुने माघी देवानी तथा भुरा खेल कार्यक्रममा गएको वर्षको समीक्षा गरिनुको साथै आउँदो वर्षको लागि कार्ययोजना निर्माण गरिन्छ ।यसैबिच ग्रामीण भेगमा माघी मेलाको तयारी समेत भइरहेको छ । कैलाली, कञ्चनपुर जिल्लाका विभिन्न स्थान तथा धार्मिक क्षेत्रमा आयोजना हुने माघीको मेला र महोत्सवको तयारी थालिएको हो ।कैलालीको कैलारी गाउँ गाउँपालिका ६ मा हरेक माघीमा आयोजना हुने माघी मेलाको तयारी अगाडि बढाइएको मेला आयोजक युवा जनज्योति क्लबका अध्यक्ष प्रकाश महतोले जानकारी दिए ।यसैबिच गाउँघरमा आगो ताप्दै सामूहिक रूपमा डफ गाइने ढमार गीतले पनि माघी पर्वको रौनक सुरु गरेको छ ।कैलालीको जोशीपुरका स्थानीय समेत रहेका पत्रकार सुधराम दहितले आजभोलि गाउँ–गाउँमा डफ, मादल बजाएर सामूहिक रूपमा ढमार गीत गाउँदा माघी पर्वको उल्लास बढ्दै गएको बताए । उनले जोशीपुर गाउँपालिका २ बरगदही गाउँको मुंग्रहुवा नाच टोलीले बुधबार राति गाउँमा ढमार गाउँदा गाउँमा उल्लास र माघको उत्साह जगाएको बताए । माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रहरुलाई भेटघाट गर्ने, ठूलाबाट अर्शीवाद लिने र सानालाई अर्शीवाद दिने प्रचलन रहिआएको छ ।मकर संक्रान्तिका दिन नुहाउनले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म पखालेर जाने र पूण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । यो दिन पशुपक्षी वध हुँदैन ।

अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको मृत्यु

अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपाली नागरिक ३९ वर्षीया दीक्षा दाहालको ६ दिनअघि पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर मृत्यु भएको हो ।डेली मेलका अनुसार, दाहालको मृत्यु हुनुभन्दा दुई घन्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ००० मा फोन आएको थियो । त्यसबेला पृष्ठभूमिमा ‘ठूलो आवाजसहित भनाभन भएको’ सुनिएको थियो ।

slider

सहकारी ठगी प्रकरणमा फरार रहेकी लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रही फरार भएकी प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन् ।कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए अदालतमा उपस्थित भएकी कोइराको बयान उद्धव प्रसाद भट्टराईको इजलासमा सुरु भएको उनले बताए ।मोरङ धनपालथान ४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा पक्राउ पुजी जारी भएपछि उनी फरार हुँदै आएकी थिइन् । यो सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेको छ ।कोइरालाका बयानपछि थुनछेक बहस पस्चात धरौटीमा तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा कारागार पठाउने भन्ने आदेश आउने छ ।

slider

आजै बैठक सक्ने माओवादी केन्द्रको तयारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ । आजै बैठक सक्ने तयारी स्वरूप यसअघि बोल्न नाम टिपाएका नेताहरूलाई नाम फिर्ता लिन प्रचण्डले मंगलबारको बैठकमा आग्रह गरेका थिए । त्यसपछि ३८ जनालाई बोल्न दिएर अन्यले नाम फिर्ता लिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।अब बैठकको निर्णयका लागि पदाधिकारी बैठक बस्ने र त्यसपछि उठेका प्रश्नहरूको जवाफसहित विभिन्न निर्णय गरेर बैठक समापन गर्ने माओवादीको तयारी छ ।  माओवादीको बैठक आइतबारदेखि राजधानीमा सुरु भएको हो ।

slider

सुस्मिता मृत फेला परेको ४ दिन पछि फरार देब ओखलढुंगामा मृत फेलाः के हो त घटना ?

देब बहादुर सहित गेष्टहाउसमा बसेकि सुस्मिता १७ गते मृत अबस्थामा फेला परेकी थिईन

गोरखापत्र