चीनको चमत्कार रोकिएको छैन। रोकिनेवाला पनि छैन। भयंकर भयंकर संरचना र प्रविधिको विकाससँगै विश्वलाई जादुयी प्रगति देखाइरहेकै छ। उच्च गुणस्तरको विकासको सोच। चीनलाई युरोपसँग जोड्ने परिकल्पना। डेढ लाख किलोमिटरभन्दा लामो रेलमार्ग सञ्जाल निर्माण। तीव्र गतिको रेल। समुद्रमा लामो पुल। विश्वकै अग्लो र लामो सिसानिर्मित पुल। किर्तम सुर्य, समुन्द्र माथी एयरपोर्ट, लामै छ चीनको चामत्कारिक विकासको सूची।
चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण भएको दृष्य भाईरल भईरहेको छ , पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा सुरु भएको विश्व इन्टरनेट सम्मेलनमा रोबोट कुकुर, मानवरहित जहाज र सवारी साधनहरूले सहभागिहरुलाई आकर्षित गराएको छ ।
जताततै पावरफुल सिसिटिभीबाट सर्भिलेन्स। रोबोटले चलाउने अटोमेटिक सवारी साधनको विकास। रोबोटको उपयोग। सेन्सरको प्रविधिको प्रयोग। अटोमेटिक कार्यस्थलहरू। इतिहास र संस्कृतिलाई प्रविधिसँग जोडेर जीवन्त बनाएको छ चीनले।
उहिलेको सिल्क रोडदेखि अहिलेको बेल्ट एन्ड रोड इनिसिएटिभले विश्वलाई घेर्न सफल छ चीन। त्यसै सबभन्दा ठूलो निर्यातकर्ता भएको होइन चिन। गत वर्ष मात्र विश्वको कुल निर्यातमा ११।४ प्रतिशत हिस्सा चीनको छ। हाइटेक प्रविधि निर्यातको त बीस प्रतिशतभन्दा बढी चिनले नै ओगट्छ।
यो रचक तथ्य हामीले प्रस्तुत गर्यों, जुन देश प्रविधि र सुचनामा अगाडी छ, त्यो देशका नागरिक देशहित काम गर्छन र सचेत हुँदारहेछन भन्ने तथ्य पनि हो यो ।