• ३० माघ २०८१, बुधबार
  • Wed, 12 Feb 2025
गोरखापत्र
गोरखापत्र

सरकार बिरुद्ध चर्को नाराबाजी गर्दै आजपाद्धारा काठमाडौंमा विरोध प्रदर्शन

लेखक: बि.एम.एन. न्यूज
blog

गोरखापत्र

काठमाडौं ।आम जनता पार्टी (आजपा)ले सरकारको मनोमानी कर आतंकका बिरुद्ध आज काठमाडौंमा सरकार बिरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुदै पुन कमलादीमै पुगेर सम्पन्न भएको हो । कर आतंक बन्द गर, लुटेरा सरकार मुर्दाबाद, दलाल दलतन्त्र मुर्दाबाद, आम जनता जिन्दाबाद, तेस्रो जनआन्देलन सफल पारौं, जनता लुट्न पाईदैन, भ्रष्ट सरकार चाहिँदैन, राष्ट्रिय स्वाधिनताको रक्षा गर, भगौडा विदेशिको अवैध सम्पति जफ्त गर, ठग मेनपावरलाई कारबाही गर, अबैध ऐजेन्टलाई गिरफ्तार गर, लुटकारी भन्सार नीति खारेज गर जस्ता नारा प्रदर्शनकारीले लगाएका छन् । यस्तै शैक्षिक विभेद बन्द गर, लैङ्गिक हिंसा अन्त्य गर, बैङ्किङ् लुट बन्द गर, लघुवित्त तथा सहकारी पीडितलाई न्याय दे, कबाड व्यवसायीहरुको सुरक्षा गर, अदालतको आदेश पालना गर, कबाड आन्दोलन जिन्दाबाद, सुकुम्बासी तथा फुटपात व्यवसायीको रक्षा गर, हाम्रो संघर्ष जारी छ, धोखेबाज नेताहरु भोट फिर्ता गर, जनताको सर्वोच्चता स्थापित गर, आम जनता पार्टी जिन्दाबाद, दोस्रो स्थापना दिवस सफल पारौं लगायतका नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् । आजपाले पार्टीको दोस्रो स्थापना दिवसका साथै आन्दोलनको कार्यक्रम संगसंगै अगाडी बढाएको हो । दलाल दलतन्त्र बिरुद्ध तेस्रो जनआन्दोलनको संकल्प सहित आजपाले दोस्रो स्थापना दिवस काठमाडौं उपत्यका विशेष कमिटीको आयोजनामा भव्यरुपमा आज मनाउँदै छ । केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिईरहेको मनोमानी कर अन्त्य गर्नुपर्ने माग गर्दै आजपाले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । सरकारको मनोमानी करले नेपालको उधोग, व्यवसाय धरासायी बन्दै गईरहेको निष्कर्ष निकाल्दै आजपाले कर आतंक बन्द गर्नुपर्ने माग गर्दै आएको छ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समृद्ध नेपाल निर्माण गर्नका लागि सरकारपिच्छे मनोमानी कर आतंक बन्द गर्नुपर्ने बताए । ‘मुलुकको उधोग, व्यापार धरासायी बन्दै गईरहेको छ । सरकारले जसरी पनि कर असुल्ने नीति लिएको छ । उधोग व्यापार धवस्त हुदैगईरहेको भए पनि सरकारलाई केवल कर कसरी असुल्नेमा मात्रै ध्यान छ’, आजपा अध्यक्ष साहले भने, ‘सरकार पिच्छे पाईलापाईलामा कर लिने तर सेवा नदिने । कर लिने तर सोही अनुसारको सुविधान नदिने । केवल कर कसरी लिने भन्नेमा मात्रै सरकारको ध्यान छ ।’ नेपाल भन्दा ठुलो भुगोल, जनसंख्या भएको मुलुक भारत र चीनमा कर थोरै भएको र त्यहाँको सरकारले उधोगी व्यापारीलाई सेवा पनि बढी दिईरहेको उनले बताए । तर नेपालमा करमाथि कर लिने र उधोगी व्यापारीको ढाँड सेक्ने काम सरकारले गरिरहेको आरोप उनले लगाए । ‘भारतमा १४ शिर्षमा कर लिईन्छ । तर नेपालमा ४० भन्दा बढी शिर्षकमा सरकारले कर लिईरहेको छ । अरु देशभन्दा नेपालमा करको दर, दायारा, शिर्षक, तह र सरकार बढी छ । नेपालमा ७६१ वटा सरकारले मनोमानी र पाईलापिच्छे कर असुली रहेको छ । त्यसको विरोधमा हामी सडकमा उत्रिनुपरेको छ’ आजपा अध्यक्ष साहले भने । सर्वसधारणदेखी उधोगी व्यापारीले जताततै पाईला पिच्छे नै कर तिर्दातिदै निराश भएको बताउदै उनले व्यवासाय गर्ने वातावरण सरकारले गिजोलिदिएको आरोप लगाए । मुलुकको ढुकुटी सिध्याएको सरकारले विदेशीबाट ऋण लिएर नेपाली जनताको टाउकोमा ऋणको भारी बोकाएको बताए । मुलुकमा भ्रष्टाचार, अनियमितत बढदै गईरहेको र बिकास कार्य अवरुद्ध भएको बताउँदै उनले दलाल दलतन्त्र, सरकारको मनोमानी कर आतंक बिरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । आजपाले विगतदेखी नै भ्रष्टाचार, अनियमितता, सरकारको मनोमानी कर आतंक, दलाल दलतन्त्र, वैदेशिक रोजगारमा देखिएको ठगीधन्दा, भन्सार कानूनमा भएको लुटतन्त्रको बिरुद्धमा आवाज उठाउँदै सडक संघर्ष गर्दै आएको छ ।

आईतबार नै कवाड व्यवासायीहरुले काठमाडौं महानगर कार्यालय समेत घेराउ गर्ने कार्यक्रम रहेको छ । काठमाडौं महानगरका मेयर बालेन शाहले कवाड व्यवासायीलाई कानून विपरित दुख दिईरहेकाले कवाड व्यवसायीले महानगर घेराउ गर्न लागेका हुन् ।

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
गोरखापत्र

लेखक बाट थप

slider

चितुवाको आक्रमणबाट मृत्यु

बर्दिया । बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।बर्दियाको मधुवन नगरपालिका ७ बस्‍ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी लामिछानेको शुक्रबार बिहान चितुवाको आक्रमणबाट मृत्यु भएको छ । सीमा क्षेत्रमा उहाँ बाख्रा चराउन जानु भएको र विहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो। त्यसपछि स्थानीयले देखेपछि होहल्ला गरेपछि चितुवा भागेको थियो।’

slider

रवि लामीछाने चितवनबाट धरौटीमा रिहा भएका छन

चितवन । रवि लामीछाने चितवनबाट धरौटीमा रिहा भएका छन, चितवन जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । साहारा सहकारीको रकम ठगी मुद्दामा लामिछानेलाई न्यायाधीश दयाराम ढकालको इजलासले ५४ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

slider

मधेशमा मुख्य मन्त्री दिए, उपेन्द्रले अध्यादेशलाई समर्थन गर्ने, अब आईतवार मात्रै संसदमा पेश

काठमाडौं । आज संसदमा निर्णयार्थ पेश हुनुपर्ने अध्यादेश बैठकमै पेश नभएपछि, सहमती अनुसार संविधानको कार्यन्वयनका लागी अध्यादेश संसदमा तुरुन्तै पेश गर्न कांग्रेसले सरकार सँग माग गरेका छ, के यथास्थीतिकै अध्यादेश ल्याउन पछि हटेकै हो सरकार ? यो बहस अब राजनीतिक विश्लेषकहरुलाई, तर सरकारले राष्ट्रिय सभामा बहुमत नपाउने र चौतर्फि भईरहको विरोधका कारण पनि तयारी गरेर मात्रै संसदमा यो अध्यादेश पेश गर्ने रणनीतिमा भएको कुरा बुझ्न गाह्रो छैन । उपेन्द्र यादवले मुख्य मन्त्री पाए अध्यादेशमा समर्थन गर्ने संकेत गरेपछि, जसपा नेपाललाई मुख्य मन्त्री दिएर अध्यादेश अगाडी बढाउने सहमती भएको कुरा चर्चामा छ । भिजन होस नहोस, देश र जनता बनाउन सक्ने क्षमता होस नहोस तर साना दलहरुपनि जसरी नि सरकारमा पुग्ने दौडमा छन् । साना आएपनि ठूला भएपनि बास्तबमा सरकारको जनपक्षिय कामकारबाही नदेखे पछि जनता चाहिं वाकदिक नै छन । संघिय संसदमा ६ वटा अध्यादेश सरकारले पेश गर्ने कार्यसूची थियो, पानीजहाज संचालन र विधि विज्ञान प्रयोगशाला विद्ययेक मात्रै पेश भएका छन, बाँकी विद्ययेकलाई थाति राख्दै आइतबारका लागी जसपा नेपाल सँग छलफल सकेर मात्रै अध्यादेश अगाडी बढाउने प्रधानमन्त्री ओलीको तयारीका कारण आज अध्यादेश पेश गर्ने कार्यसूची स्थगित भएको हो, यो सँगै अध्यादेश पेश हुने कुरामा जसपा नेपाल निर्णयक भएको छ ।

slider

कमलपोखरीमा ठूलो बिस्फोट, ११ जना घाईते

काठमाडौं । एक्कासी कमलपोखरीबाट ठूलो बिस्फोटको आवज आयो, साईरनवाला गाडी एम्बुलेन्स कुदाकुद गर्न लागे, के भएछ भनेर हाम्रो टिम पनि त्यता पुग्यो कुरा सान्दार मःम कमलपोखरीमा आज बिहानै भएको सिलिन्डर बिस्फोटको रहेछ ।बिहान देखिनै व्यस्त सान्दार मःम सुनसान बनेको छ, मःम पारखीका लागी सान्दार मःम सबैको गन्तब्य आज ग्यास सिलिन्डर बिस्फोट भएपछि पसलमा ठुलो क्षति भएको छ ।बिस्फोटमा परेर ११ जना घाईते भएका छन, २ जनाको अबस्था गंभिर छ, हरेकको घरमा ग्यास चुल्हो र सिलिन्डर सहि तरिकाले राखिएन भने यस्ता घटनाहरु घट्ने खतरा हुन्छ, ग्याँस कम्पनीहरुले सिलिन्डरको अबस्था र यसको चाँच राम्ररी नगर्दा र लापरवाहिका कारण यस्ता थुर्पे घटना घट्ने गरेका छन ।यसको चेकजाँच गर्ने, सचेतना र प्रयोगबारे कार्यक्रम नभएका कारण पनि अहिले यस्ता घटना दिन प्रतिदिन बढिरहेका छन, हामी सबै सचेत बन्नु पर्दछ र ग्याँस सिलिन्डर किन्दा र राख्दा अनि प्रयोग गर्दा र अन अफ गर्ने कुरामा समेत ध्यान दिनु पर्दछ ।

slider

दुई किशोरी मृत फेला

जंगल क्षेत्रमा शनिबार साँझ दुई किशोरी ​मृत भेटिएका हुन्

slider

क्रान्तिकारीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमिरराज खरेलले जित्ने आधारहरु यस्तो !

२०६४ सालदेखि ललितपुरमा रहेर पाटन संयुक्त क्याम्पसबाट राजनीति सुरुवात गरेका खरेलले पाटन क्याम्पस कमिटिको अध्यक्ष, ललितपुर जिल्ला समितिको संयोजक र अध्यक्ष समेत भएर काम गरिसकेका छन् ।

slider

छापामार ड्रेसमा काठमाडौको जमलमा प्रस्तुति

नेकपा बहुमतको ९ औं महाअधिबेशन

slider

सहकारी वकिलको बहस सकियो आजै आउने सम्भावना देखिएको छ

सहकारी वकिलको बहस सकियो आजै आउने सम्भावना देखिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने समेत मुछिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।आजै न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ ।बुधबार लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो ।उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीतर्फबाट जवाफी बहस सकिएसँगै आजै आदेश आउनसक्ने सम्भावना रहेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए ।२ दिनअघि अदालत गेटबाहिर अनपेक्षित गतिविधि भएपछि प्रशासनले झनै सुरक्षा कडा पारेको हो । बुधबार पनि रास्वपाका कार्यकर्ता अदालत क्षेत्र प्रवेश गर्न खोजेका थिए तर प्रहरीले रोकेको थियो ।

गोरखापत्र