• १३ चैत २०८१, बिहिबार
  • Thu, 27 Mar 2025
गोरखापत्र
गोरखापत्र

क्रान्तिकारीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमिरराज खरेलले जित्ने आधारहरु यस्तो !

कस्ता छन् उनले सार्वजनिक गरेका योजनाहरु र प्रतिवद्धताहरु ?

लेखक: बि.एम.एन. न्यूज
blog

गोरखापत्र

काठमाडौं । नेकपा (माओवादी)स केन्द्र निकट अनेरास्ववियू–क्रान्तिकारीको १२ गते हुने निर्वाचनका लागि अमिरराज खरेलले केन्द्रीय अनुशासन आयोगको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

संगठनका विद्यार्थी नेताहरुले मनोनयन दर्ता हुनु अगाडिसम्म खरेलको उम्मेदवारी महासचिव अथवा उपाध्यक्षमा आउन सक्ने आंकलन गरेका थिए । तर उनले अनुशासन आयोगको अध्यक्षमा उम्मेदवारी दिए । उनी ‘हेटक्वाटर’ अर्थात पुष्पकमल दाहाल प्रचण्डकै एक मात्र निर्विकल्प उम्मेदवार रहेको चर्चा अनेरास्ववियू क्रान्तिकारीभित्र चलेको छ । २०६४ सालदेखि ललितपुरमा रहेर पाटन संयुक्त क्याम्पसबाट राजनीति सुरुवात गरेका खरेलले पाटन क्याम्पस कमिटिको अध्यक्ष, ललितपुर जिल्ला समितिको संयोजक र अध्यक्ष समेत भएर काम गरिसकेका छन् । विद्यार्थी राजनीतिसँगै आफ्नै व्यवसाय गरेर आत्मनिर्भर बनेका खरेल विद्यार्थी, नेता र कार्यकर्ताका सहयोगी, मिलनसार र विश्वासिला पात्र मानिन्छन् । साथै, विद्यार्थीहरु माझ लोकप्रिय पनि छन् ।

ललितपुरको पाटन क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरेका खरेल कुटनीति र राजनीतिमा बढी चासो राख्छन् । उनलाई समकक्षीहरूले उतर कोरियाली नेता किम जोन उनसँग दाँज्ने पनि गर्छन् । खरेलसँग विपक्षीलाई समेत मिलाएर अगाडि बढ्न सक्ने स्वभाव रहेको उनका निकट साथीहरु बताउँछन् ।  गृह जिल्ला काभ्रेबाट एसएलसी उत्तिर्ण गरेका खरेल पाटन क्याम्पसमा स्नातकोत्तर पढ्दैछन् । 

केन्द्रीय अनुशासन आयोगको अध्यक्ष पदमा उम्मेदवारी दिएका खरेलले आफ्ना योजनाहरु र प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । उनका योजना र प्रतिवद्धताहरु यस्ता छन् ।

१. विद्यार्थीका एजेण्डाहरूको संकलन गरेर नगर, जिल्लाको आयोगमार्फत सुझाव संकलन गरेर मात्र संगठन परिचालन गर्ने विधि स्थापित गर्न

२. सत्य, तथ्य र निष्पक्ष रुपमा जानकारी दिन मातहतको कमिटीलाई अनलाईन प्रणालीमा पहुँच पुर्याउन,

३. पार्टी संगठन र विद्यार्थीका नीति, नियम र चेन अफ कमाण्डलाई अझ सशक्त गर्न,

४. राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा कम्युनिष्ट पार्टीका कार्यक्रम र विचार आदान प्रदानमा जिल्ला स्तरको प्रतिनिधित्व गराउन,

५. शैक्षिक बहस र बदलिँदो शैक्षिक आवश्यकतामा आम प्रतिनिधिहरूको आवाजमा पार्टी पङ्तिलाई जानकारी गराउन र नीतिगत तहहरूमा छलफल गराउन

७. विद्यार्थी संगठन साँच्चीकै पार्टीको वैचारिक अंग हो भन्ने अनुभूति गराउन,

संगठनको मूल नेतृत्व दाबी गरेका खरेलले पार्टी अध्यक्ष, महासचिव र अन्य पदाधिकारीसँगको भेट गरी मनोनयनको अन्तिम समयमा खुमलटार पुगेर फर्किए पछि अनुशासन आयोगको अध्यक्षमा मनोनयन दर्ता गरेका थिए । अध्यक्ष प्रचण्डकै निर्देशनमा उनी मूल नेतृत्वबाट पछि हट्दै आयोग अध्यक्षमा मनोनयन दर्ता गरेको हुन सक्ने उनका निकटतम् व्यक्तिहरूले बताएका छन् ।

अखिल क्रान्तिकारीको गएको असोज १० गतेदेखि सुरु भएको केन्द्रीय सम्मेलन उमेर हदमा विवाद भएपछि स्थगित भएको थियो । उमेर हद लगाउने कि नलगाउने भन्ने निर्वाचनमा उमेर हद लागू गर्नुपर्ने पक्षमा बढी मत परेपछि  विधिअनुसार नै  १२ गते शनिबार निर्वाचन हुने भएको हो । सङ्गठनमा ३२ वर्षे उमेर हद लागेपछि यो निर्वाचनमा नयाँ अनुहारहरूले नेतृत्व तहमा दाबी गरेका छन् ।

शनिबार हुने निर्वाचनका लागि आठ गते बुधबार मनोनयन दर्ता खुलाएको थियो । पदाधिकारी र सदस्यका लागि कुल ५०० जनाको उम्मेदवारी परेको छ । मनोनयन दर्ताको प्रारम्भिक सूचीअनुसार ३३ पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरी कुल ३१२  पदका लागि ५०० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

केन्द्रीय अनुशासन आयोगको अध्यक्ष पदका लागि इन्दिरा पुरीले पनि उम्मेदवारी दिएकी छिन् ।

संगठनको अध्यक्ष पदका लागि उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, विजय सापकोटा, विश्वमणि थापा र योगेन्द्रबहादुर बुढा प्रतिस्पर्धामा उत्रिएका छन् ।

माओवादीको केन्द्रीय नेतृत्वले अखिल क्रान्तिकारीको नेतृत्व सर्वसम्मत टुंग्याउन खोजे पनि सहमति नजुटेपछि प्रतिस्पर्धाबाटै टुंगिने भएको हो ।

 


Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
गोरखापत्र

लेखक बाट थप

slider

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक, विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय वनस्थलीमा दिउसो २ बजेबाट बैठक सुरु हुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । बैठकमा विभिन्न नियमावली र कार्यविधिहरुमाथि छलफल हुने बताइएको छ । प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ कार्यविधि प्रतिस्थापन, रास्वपाले बनाएको र्यापिडप एक्सन टिम र्याट नियमावली २०८१ , सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ माथि छलफलको तयारी छ । समसामयिक पार्टी गतिविधि, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षणको तयारीका बारेमा पनि बैठकमा छलफल हुने बुर्लाकोटीले जानकारी दिए । रास्वपा यतिबेला विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा छ, उता हर्क र कुलमानले समेत पार्टी निर्माण गर्ने चर्चा छ, यसो त नयाँ सबै एकै ठाउँ आउने वातावरण भए, बालेन ले पनि पार्टी खोल्नेछन, उनको तयारी निकै फरक र आश्चर्यजनक लाग्ने छ, उनले छोटो समयमै पार्टी घोषणा गर्ने र स्थानिय तहका धेरै क्षेत्रमा जीत हाशिल गर्ने लक्ष्य राखेका छन । नयाँ पार्टी भर्सेज पुरानाहरु बिचको मुख्य लँडाई को हतियार र तौरतरिका नबुझे अबको ८४ को चुनाबि नतिजा पनि सोचेभन्दा फरक आउने निश्चत छ । देश बनाउने र जनताले चाहेको राज्य व्यवस्था स्थापना गर्ने खाका चाहिं न नयाँ सँग देखिन्छ न पुरानो सँग, तर पुराना भन्दा जनताले नयाँलाई रुचाईरहेका छन ।

slider

अन्दाजी ३० ३५ वर्षका पुरुष मृत फेला

राजधानी मै घटेको यो घटनाले सुरक्षा संयन्त्रलाई चनाखो बन्न झक्झक्याएको छ

slider

तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जित्यो

रामेछाप । तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जितेको छ । उसले वडा नं १० चनखुलाई सोझो सेटमापछि पार्दै उपाधि जितेको हो । महिला तर्फको उपाधि भने भटौलीले जितेको छ । बुधवार मध्यान्न भएको विजेताको प्रतिस्पर्धामा तीनै सेट २५–१९, २५–९ र २५–१२ ले आफ्नो पक्षमा पार्दै चिसापानीले पुरुष तर्फको भलिबलको उपाधि हात पार्दै इतिहास रचेको हो । यो सँगै चिसापानीले नगद १ लाख रुपैयाँसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेताहरूलाई नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेतसहितका जनप्रतिनिधिहरूले नगद १ लाखसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे । त्यस्तै, उपविजेतामा चित्त बुझाएको मन्थली–१० चनखुले नगद ७५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो नगर कपको विजेता समेत रहेको वडा नं ७ भटौली तेस्रो नगर कपमा तेस्रो मात्रै भएको छ । उसले नगद ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यो पटकको सान्त्वना पुरस्कार भने प्राविधिक त्रुटि गरेको पाइएकाले रद्द गरिएको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ । त्यस्तै, तेस्रो नगर कप अन्तर्गत भएको प्रथम महिला भलिबल कपमा प्रथम भएको वडा नं ७ भटौलीलाई नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र नगरकी उपप्रमुख ईश्वरी बस्नेतले प्रदान गरिन् । महिला भलिबलमा उपविजेता भएको मन्थली–१३ फुलासीले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । तेस्रो बनेको मन्थली–६ भलुवाजोरले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विगतमा पुरुषको मात्रै खेल खेलाउँदै आएको मन्थली नगर खेलकुद विकास समितिले यो पटक देखि महिला भलिबलको खेल खेलाउन थालेको हो । महिला भलिबलमा वडा नं १,२,३,६,७, ८ र १३ नम्बरले भाग लिएर प्रतिस्पर्धा गरेका थिए ।

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

गोरखापत्र