काठमामडौं क्षेत्र नम्बर २ का उम्मेदवार अनुप बोहराले उम्मेदवारी फिर्ता लिए, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुनिल केसीलाई

bmn.news

काठमाडौं–काठमामडौं क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनुप बोहराले आफ्नो उम्मेदवारी औपचारिक रूपमा फिर्ता लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुनिल केसीलाई समर्थन गर्ने घोषणा गरेका छन्।
युवा पुस्ताको आवाज संसदसम्म पुर्‍याउने उद्देश्यका साथ राजनीतिमा सक्रिय रहँदै आएका बोहराले देशमा विद्यमान भ्रष्टाचार, कुशासन र पुराना राजनीतिक प्रवृत्तिविरुद्ध साझा एजेन्डा बोकेको शक्तिलाई बलियो बनाउने उद्देश्यले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।उनले जारी गरेको वक्तव्यमा भनेका छन्, “व्यक्तिगत महत्वाकांक्षाभन्दा देशको भविष्य ठूलो हो। परिवर्तन चाहने सबै शक्ति एक ठाउँमा उभिनु आजको आवश्यकता हो। त्यसैले काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुनिल केसीलाई समर्थन गर्ने निर्णयमा पुगेको हुँ।”
बोहराले युवाको विश्वास जित्न सक्ने, पारदर्शी र उत्तरदायी राजनीतिक अभ्यासको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी उभिएको उल्लेख गर्दै मतदातालाई परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गरेका छन्।
उम्मेदवारी फिर्तासँगै बोहराले आफ्नो अभियान, समर्थक र शुभेच्छुकहरूलाई सुनिल केसीको पक्षमा एकजुट भई लाग्न आह्वान गरेका छन्। उनले सडकदेखि संसदसम्म सुशासन र जवाफदेहिताको लडाइँ जारी रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया