पोखरा । बालबालिकाभित्र निहित प्रतिभालाई राष्ट्रिय मञ्चसम्म पुर्याउने उद्देश्यसहित आयोजना हुँदै आएको ‘पोखरा चाइल्ड स्टार’को पाँचौं संस्करण भव्य रूपमा सम्पन्न भएको छ।
Nand Entertainment House को आयोजनामा शनिबार Pokhara Chamber of Commerce and Industry मा सम्पन्न ग्राण्ड फिनालेमा सहभागी बालबालिकाले नृत्य, प्रस्तुति कला, आत्मविश्वास र सिर्जनशीलताको प्रभावशाली प्रदर्शन गरे। कार्यक्रमभरि दर्शकको उत्साहजनक सहभागिता देखिन्थ्यो।
प्रतियोगिताको गल्र्सतर्फ शिक्षिता रञ्जित विजेता घोषित भइन्। रोस्लिना राना मगर फस्र्ट रनरअप, तिथि मोर सेकेण्ड रनरअप, समृद्धि बराल थर्ड रनरअप तथा सिम्रन श्रेष्ठ फोर्थ रनरअप बने।
ब्याइजतर्फ प्रनिश विश्वकर्मा विजेता बने भने रोनिश पौडेल सेकेण्ड रनरअप र शिवंश लामिछाने थर्ड रनरअप घोषित भए।
कार्यक्रम Damayanti Ruchal को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने International College of Applied Science (आइक्यास) का सिइओ समीर थापाको अध्यक्षता रहेको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, अभिभावक तथा दर्शकहरूको उल्लेख्य उपस्थिति थियो।
निर्णायक मण्डलमा समाजसेवी सीता शर्मा, गायिका दिलकुमारी खाँड, Pokhara Lady Jaycees की अध्यक्ष सुनिता भण्डारी, पत्रकार तथा गीतकार आरजू विष्ट सल्यानी, गायक रामप्रसाद गुरुङ र कलाकार बुद्ध तामाङ सहभागी थिए।
सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। आयोजकका अनुसार प्रतियोगिताले बालप्रतिभालाई उजागर गर्दै उनीहरूलाई ठूला मञ्चतर्फ अग्रसर गराउने लक्ष्य राखेको छ।
कार्यक्रममा आइक्यासको विशेष सहयोग रहेको थियो भने सञ्चारकर्मी दीपेन्द्र शाही ‘देवेन्द्र’ ले सञ्चालन गरेका थिए। गत वर्ष सम्पन्न सिजन–४ मा प्रवीन श्रेष्ठ र आइरा गुरुङ विजेता बनेका थिए।